कान्तिपुर कन्क्लेभमा पुगेर दुर्गा प्रसाईँले भने, ‘फागुन १ मा राजाको स्वागतमा विमानस्थल जाउँ’
वि.सं.२०८२ माघ २७ मंगलवार १४:५९
shares

काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र फागुन १ गते झापाबाट ‘फिर्ती सवारी’ हुँदा स्वागतमा जुट्न सार्वजनिक अपिल गरेका छन् ।
कान्तिपुर पब्लिकेसनले आयोजना गरेको कान्तिपुर कन्क्लेभ कार्यक्रमको ब्यानरअघि उभिएर उनले यस्तो अपिल गरेका हुन् ।
प्रसाईँले अपिल गरेको भिडिओ उनको फेसबुक पेजमा पोस्ट भएको छ । भिडिओमा उनले पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गरेका छन् ।
फागुन १ गते दिनको ११ बजे विमानस्थलमा उपस्थित हुन सम्पूर्ण उपत्यकावासीसँग उनको आह्वान छ ।
‘देश अत्यन्त अप्ठेरो ठाउँमा भएकाले श्री ५ महाराजधिराजको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल तथा बाहिरी गेटमा स्वागतका लागि उपस्थित हुन हार्दिक आह्वान गर्छु । म पनि जाँदै छु । जय राष्ट्रवाद ।’
कान्तिपुरले प्रसाईँलाई कान्तिपुर कन्क्लेभमा वक्ताको रूपमा आमन्त्रण गरेको छ । त्यही मौकाको उपयोग गर्दै प्रसाईँले यो भिडिओ बनाएका हुन् । प्रसाईँको यो भिडिओ कान्तिपुरले भने हालेको छैन ।

























