काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध...

पुरा पढ्नुहाेस्

विद्यालयको जग्गाको माटो बेचेर अनियमिता गरेको आरोपमा मुद्धा दायर

455
shares
khanepani bord

काठमाडौँ । नवलपरासी पश्चिमको महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसहित दुई जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा विद्यालयको नाममा रहेको एक विगहा १० कठ्ठा १० धुर जग्गाको कुनै पनि निर्णय नगरी ५ फिट गहिरो माटो निकाली १० लाख ८ हजार ७०३ बराबरको बेचबिखन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका-४ का दिनेश यादव विरुद्ध १० लाख ८ हजार बिगो माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

IME
khanepani