काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध...

पुरा पढ्नुहाेस्

एनेस्थेसियासहितका उपकरण खरिद गर्न काठमाडौँ महानगरले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने सम्झौता

338
shares
khanepani bord

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सहयोग गर्ने भएको छ ।

महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा यस सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरेका छन् । महानगरपालिकाको चालु आ. व. को स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि १ करोड रुपियाँ विनियोजन भएको छ ।

सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर र ५ सय एम.ए. को १ थान डिजिटल एक्स रे मेसिन खरिद गर्नेछ । खरिद गरिएका उपकरण जडान भएपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गर्नेछ । अनुगमन टोलीको प्रतिवेदनपछि प्राप्त बिलबमोजिमको रकम महानगरपालिकाले भुक्तानी गर्नेछ । यो काम आउँदो वर्ष (२०८३ जेष्ठ मसान्त) भित्र सम्पन्न गरिसक्नु पर्नेछ ।

काठमाडौँ महानगरबासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने विरामीहरुलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न महानगरपालिकाले सहयोग प्रदान गरेको हो ।

IME
khanepani