काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत करार इन्जिनियर सुबास बिष्टविरुद्ध...

पुरा पढ्नुहाेस्

जापानमा मतदान सम्पन्न, ताकाइची नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत ल्याउने संकेत

975
shares
khanepani bord

काठमाडौँ । जापानमा मतदान सम्पन्न भएको छ । प्रारम्भिक अनुमानले वर्तमान प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले स्पष्ट बहुमत ल्याउने देखिएको छ ।

देशको पहिलो महिला प्रधानमन्त्री बनेको चार महिनापछि, उनले जनताबाट स्पष्ट बहुमत प्राप्त गर्न यो चुनावको आह्वान गरेकी थिइन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा एलडिपीले ३ सय भन्दा बढी सिट जित्ने अनुमान गरिएको छ । जापानमा ४६५ मध्ये २८९ प्रत्यक्ष र १७६ सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

ताकाइचीले आफ्नो लोकप्रियता बढिरहेको समयमा पार्टीले नयाँ जनमत लिने निर्णय गरेकी थिइन् । कतिपयले यो चुनावलाई जोखिमपूर्ण कदम भनेका थिए, किनकि एलडिपीले संसदको दुवै सदनमा बहुमत गुमाएको थियो ।

तर ताकाचीको लोकप्रियताले पार्टीलाई बलियो बनाएको छ । उनको सरकारको स्वीकृति मूल्याङ्कन धेरैजसो समय ७० प्रतिशतभन्दा माथि रहेको छ ।

चुनावका प्रारम्भिक नतिजाले एलडिपी र जापानी इनोभेसन पार्टीको गठबन्धनले तल्लो सदनको ४६५ सिटमध्ये लगभग ३०० भन्दा बढी सिट जित्ने देखिएको छ ।

IME
khanepani