काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

रवि लामिछानेले भने, समातेर कस्टडीमा राखे हुन्छ, एमाले, कांग्रेस र जेनजीकालमा पनि मलाई अन्याय ?

559
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको उनको दावी छ ।

रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ति बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’

उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए ।
लामिछानेले भने, ‘तपाईंहरुले मलाई आफ्नो कस्टडीमा राख्नुस या कारागारमा पठाउनुस भनेर उहाँहरुलाई भनेँ । उहाँहरुले आपैंm सुरक्षित बस्नुस, परेको बेला आफैं सम्पर्क गर्छौं भन्नुभयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो ।’

उनले आजै न्यायिक निकायहरुलाई पनि औपचारिक जानकारी गराएको बताए । आफू सरकार बनाउने र सरकारमा दौडमा नरहेको उनले प्रष्ट पारे ।

‘मेरो नाममा विवाद गर्नु जरुरी छैन । मलाई डिफेम गर्न पर्दैन । म यो रेसमा नै छैन । झूटो मुद्दा अझै खेपिरहेको छु । प्रहरीले आफैं सुरक्षित बस भन्छ । बाटोमा जा भन्छ । बाटोमा आगो लिएर बसेको भिड छ । अब भन्नुस मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेस एमालेदेखि जेनजीसम्म आउँदा ममाथिको अन्याय नरोकिने नै हो त ?’ उनले प्रश्न गरे ।