काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

देउवा दम्पतीको अस्पतालमा हुँदै उपचार, दुवैको टाउकोमा धारिलो चोट

312
shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो । घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए भने नेपाली सेनाले उनीहरुको उद्वार गरेको थियो । छोरा जयवीर भने त्यसबेला घरमा थिएनन् ।

देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीले लामो समय अवरोध गरेका थिए । सेनाले बल्लतल्ल मंगलबार बेलुकी काठमाडौंस्थित एक अस्पतालमा उनीहरुलाई पुर्यायो । सुरक्षाका कारण अस्पतालको नाम खोलिएको छैन ।

घरबाट सेनाले निकाल्दासम्म सामान्य शारीरिक चोटपटक देखिएका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले भौतिक आक्रमण गरेपछि दुबैको टाउको फुटेको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । त्यो धारिलो हतियार खुकुरी हुन सक्ने अस्पतालका चिकित्सकले अनुमान गरेका छन् ।

स्वकीय सचिव देउवाका अनुसार अस्पताल लैजानासाथ एमआरआई सहित सबै किसिमको स्वास्थ्य परीक्षण भएको थियो । बेलुकी नै दुबैको रक्तश्राव बन्द भइसकेको छ । एमआरआई रिपोर्टमा टाउकोमा गहिरो चोट नदेखिएका कारण चिकित्सकले खतरामुक्त रहेको बताएको उनले जानकारी दिए ।