काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

प्रधानसेनापति र दुर्गा प्रसाईवीच ‘दिनभर’ वार्ता, प्रसाईंले भने- “म जुनसुकै परिस्थितिका लागि तयार छु”

767
shares

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा वार्ता गरेका व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको मोह नभएको बताएका छन् । तर, आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टटास लेख्दै प्रसाइंंले आज दिनभर प्रधानसेनापतिसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको बताएका छन् । लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ- मलाई नेतृत्वको मोह छैन ।’
उनले जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू बालेन वा शुशिला कार्की जसको नेतृत्व पनि स्वीकार्न तयार भएको बताएका छन् ।

‘तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन,’ उनले भनेका छन्, ‘म जुनसुकै परिस्थितिको लागि पनि तयार छु ।’

प्रसाईंको थप भनाइ यस्तो छः

आजको विषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न ।