काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका...

पुरा पढ्नुहाेस्

मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक

364
shares

काठमाडौँ । जेनजी आन्दोलनका कारण असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक बस्ने भएको छ ।

विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि सम्बद्ध संयन्त्रबिच समन्वय र सहजीकरणको लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

‘अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो,’ काफ्लेले भने ।