राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोड्यो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुले निषेधित क्षेत्र तोडेको छ । काठमाडौंको विभिन्न ठाउँबाट र्‍यालीसहित केन्द्रिकृत जुलुस अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघरतर्फ अघि बढेको हो ।

सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।

२७,चैत्र.२०८०,मंगलवार १३:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्