बझाङमा तीन पालिकाको १७ वडा गन्न बाँकी रहँदा कांग्रेस र एमालेबीच प्रतिस्पर्धामा

काठमाडौ । काठमाडौ बझाङमा तीन गाउँपालिकाका १७ वटा वडाको मत गणना बाँकी रहँदा नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ।

अहिले मष्टा गाउँपालिकाको मतगणना जारी छ।

हालसम्मको मत परिणाम अनुसार कांग्रेसका अभिषेक सिंह २५३ मतले अगाडि छन्।

उनले ८ हजार २२७ मत र एमालेका दमन भण्डारीले ७ हजार ९७४ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३०३३ मत ल्याएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २१७१ मत ल्याएका छन्।

छबिसपाथिभेराबाट गणना सुरू भएकोमा प्रारम्भिक परिणाममा बझाङमा एमालेले अग्रता लिएको थियो।

खप्तडछान्ना गाउँपालिका बाट निरन्तर मतान्तर घटाउँदै सुर्मा गाउँपालिकामा आइपुग्दा कांग्रेसले अग्रता लिएको थियो।

अब मष्टाकै बाँकी वडा र तल्काेट गाउँपालिका र साइपाल गाउँपालिकाकाे मात्रै मतगणना हुन बाँकी छ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।

२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए।

यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।

१७,बैशाख.२०८१,सोमबार ०८:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्