मिडियाकर्मी मनोज बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड

काठमाडौं । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।

अमेरिकाको लसएन्जल्समा आयोजित १८औं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपबीच बस्नेतलाई अमेरिकास्थित युवा युनेस्को क्लव, अमेरिकन युनिभर्सिटी अफ सोभर नेशन्स, युबिओस एथिक्स इन्स्टिच्युट (न्युजिल्याण्ड र जापान), फिलिपिन्स एसोसियसन अफ एक्सटेन्सन प्रोग्राम इम्पिमेन्टर्सलगायतले संयुक्त रूपमा सन् २०२४-२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो ।

‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको मूल्यांकन गर्दै अन्तर्राष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं’, अमेरिकी युनिभर्सिटी सोभर नेशन्स यूएसएका प्रेसिडेन्ट प्रा.डा. ड्यालरले भने, ‘आगामी दिनमा उनले अझै युवा र शान्तिका लागि योगदान गर्ने विश्वास लिएका छौं ।’

सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पु¥याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आएको छ । हालसम्म ६५ देशका व्यक्तिहरूले यो उपाधि पाइसकेका छन् ।

‘यो अवार्डसँगै अब उहाँहरूले अन्तर्राष्ट्रिय फोरमहरू पाउनुहुनेछ’, युथ युनेस्को क्लब यूएसएका प्रेसिडेन्ट रिमेश खनालले भने, ‘संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने सयौंबाट उहाँलाई यसका लागि योग्य ठहर्‍याइ एम्बेसडर प्रदान गरेका हौं ।’

‘मिडियामा युवा र शान्ति’ विधाबाट बस्नेतलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुँदै मिडिया म्यानेजर बनेका बस्नेत विगत १७ वर्षदेखि मिडियामा आवद्ध छन् । हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्री वितरण, प्रेस तथा रिजनल विभागको प्रमुख छन् ।

३,बैशाख.२०८१,सोमबार १३:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्