काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको...

पुरा पढ्नुहाेस्

जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमले गरिन आग्रह

260
shares

काठमाडौं । जेनजीले संसद विघटनसँगै अन्तरिम सरकारको माग गरिरहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले भने त्यसो गर्न नहुने बताएकी छन्।

बुधवार सामाजिक सञ्जालमार्फत गौतमले संसद विघटन गर्ने कुनै पनि प्रयासले जनताको सार्वभौम सत्ता र सर्वोच्चतालाई सङ्कटमा पार्ने भएकोले स्वीकार्य नहुने स्पष्ट गरेकी हुन् ।

संसद विघटन पछि जनता सङ्कटमा पर्ने, जनताको सार्वभौम सत्ता र देशको सर्वोच्चता नै जोखिममा पर्ने उनको भनाइ छ।

‘नेता पो भ्रष्टाचारी भएका हुन्। ती भ्रष्ट नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। तर संसद विघटन गरेर समस्या समाधान हुँदैन। संसद विघटन गर्नु भनेको जनताको सर्वोच्चतामाथि प्रहार गर्नु हो ।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

संवाद र निकास दिनुपर्नेमा जोड दिँदै सांसदलाई जोगाउनुपर्ने आवश्यकता रहेको सांसद गौतकको जोड छ ।

उनले सोमबारको आन्दोलनमा गोली चलाउने र आदेश दिनेहरूलाई अपराधी करार गर्दै कानुनी कारबाही गर्नुपर्ने माग गरिन्।