कतारी राजा अमिर थानीको सम्मानमा राष्ट्रपति पौडेलद्वारा सोल्टी होटलमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मंगलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

दुई दिने राजकीय भ्रमणका नेपाल आएका राजा थानीका लागि होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका हुन् । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

११,बैशाख.२०८१,मंगलवार २०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्