पाल्पा सिमेन्टले आईपीओ जारी गर्ने, नागरिक लगानी कोषलाई अण्डर राइटिङ जिम्मा

काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयर प्रत्याभूति (अन्डर राइटिङ) गर्ने भएको छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि कम्पनीले कोषलाई अन्डर राइटिङको जिम्मेवारी दिएको हो ।

सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णु कुमार अग्रवालले हस्ताक्षर गरे ।

पाल्पा सिमेन्टकाे प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने भएको हो ।

सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल तथा विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए । यसअघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गरिसकेको छ ।

२०,बैशाख.२०८१,बिहीबार १३:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्