फाइनलमा नेपाल पराजित, पिएनजीले जित्यो टी-२० सिरिजको उपाधि

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो ।

हङकङमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो ।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए ।

यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

हङकङका लागि ओपनर टोनी उराले ६१, अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरि हिरिले १५ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३, गुल्सन झा र करण केसीले एकएक विकेट लिएका थिए ।

३०,फाल्गुन.२०८०,बुधबार १५:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्