हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा नेपालले तेस्रो ओभरमै गुमायो दुवै ओपनर

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले १६ रन जोड्दा आफ्ना दुवै ओपनरलाई गुमाएको छ ।

ओपनर विनोद भण्डारी ४ र कुशल भुर्तेल ५ रनमा आउट भए । नेपालले ३ ओभरको खेल सकिदा २ विकेट गुमाएर २१ रन जोडेको छ ।

यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

३०,फाल्गुन.२०८०,बुधबार १४:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्