महाराजगन्ज नगरपालिकाका वडा अध्यक्ष १५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस लिइसकेको अवस्थामा कपिलवस्तुको महाराजगन्ज, नगरपालिका एक जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नगरपालिकाको वडा नम्बर दुईका वडा अध्यक्ष उजेर अलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रण लिएको हो ।

घर बाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले वडा अध्यक्ष अलीलाई १५ हजार रकमसहित नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार कैद सजाय र बिगो बमोजिम जरिवाना माग दाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा पनि दायर गरेको छ ।

१७,बैशाख.२०८१,सोमबार १५:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्