टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पीएनजीको ३ विकेट लिएको छ ।

पीएनजीको स्कोर २० हुँदा ३.१ ओभरमा आकाश चन्दले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।

त्यसक्रममा उनले लेगा सिकालाई व्यक्तिगत २ रनमा करण केसीको हातबाट क्याच गराए । यसअघि चन्दले नै पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत २ रनमा विकेट किपर विनोद भण्डारीको हातबा क्याच गरेका थिए ।

खेलमा पहिलो विकेट भने करण केसीले लिए । उनले खेलको दोस्रो बलमै ओपनर सेसे बाउलाई आकाश चन्दको हातबाट क्याच गराएका थिए ।

३०,फाल्गुन.२०८०,बुधबार १२:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्