काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

पोखरामा मृत भेटिएका युवक दुर्घटनामा परेको प्रहरीको भनाइ, ट्याक्टर चालक पक्राउ

2.37K
shares
khanepani bord

काठमाडौ । काठमाडौ पोखरामा मृत भेटिएका युवकको दुर्घटनामा परेको खुलेपछि प्रहरीले टयाक्टर चालकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १५ वन क्याम्पस नजिकै जेठ २६ गते बिहान एक जना पुरूष मृत भेटिएका थिए। मृतक तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ लिलाचोकका मनोज भुजेल हुन्।

रगताम्य अवस्थामा र नजिकै हथौडा पनि फेला परेपछि घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरी अनुसन्धानकै क्रममा त्यही साँझ दुई जनालाई पक्राउ गरेको थियो।

प्रहरीले ट्याक्टरका चालक स्याङ्जाको पकवादी घर भई पोखराको छिनेडाँडा बस्दै आएका चालक पवन रानालाई पक्राउ गरेको हो। अर्का सहचालक नाबालक रहेकाले प्रहरीले परिचय खुलाएको छैन।

उनीहरू दुबै जनामाथि जिल्ला अदालत कास्कीबाट सवारी ज्यान मुद्दामा म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

‘प्रहरी अनुसन्धान र पोष्टमर्टम रिपोर्टका आधारमा हामीले चालक विरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान थालेका छौं,’ डिएसपी बस्नेतले भने, ‘हाम्रो अनुसन्धान र मृतकको पोष्टमर्टम रिपोर्टले हत्या नभई सवारी दुर्घटना भएको देखाएकाले सोही अनुसार अनुसन्धान गरेका हौं।’

मृतकका पीडित परिवारले भने भुजेल दुघर्टनामा मृत्यु भएको नभई हत्या भएको दाबी गर्दै आएका छन्।

डिएसपी बस्नेतका अनुसार पोष्टमर्टम रिपोर्टमा भुजेलको शरीरमा ट्रयाक्टरको पाङ्ग्राले किचेको उल्लेख छ। भुजेलका साथमा भेटिएको हथौडा उनकै भएको र हथौडा प्रहारको संकेत पोष्टमर्टम रिपोर्टमा नदेखिएको उनले बताए। ओभरस्पिडका कारण भुजेल ट्याक्टरबाट खस्न पुगेको पनि डिएसपी बस्नेतले बताए।

प्रहरी अनुसन्धानमा पनि चालक रानाले ट्याक्‍टरबाट खसेर भुजेलको मृत्यु भएको बयान दिएका थिए। मृतक भुजेल पोखरामा प्लटिङमा मजदुरी गर्दै आएका थिए।

khanepani