काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

कार्यपालिका,न्यायपालिका र संबैधानीक अंग विचौलियाहरुको खेल मैदान ?

विराटनगर बाजेको सेकुवामा ५० हजार भन्दा बढीको रक्सी र अन्य खानेकुरा खाएपछि खाने कार्यक्रम नै नसकि खानेपानी मन्त्री प्रदिप यादव, खानेपानी कार्यालयका प्रमुख चौधरी र ती युवती बाजेको सेकुवाबाट पेट दुखेको बहाना बनाएर होटलमा पुगेको समाचार रहेको छ ।

3.22K
shares
khanepani bord

काठमाडौं । तत्कालीन खानेपानी मन्त्री प्रदिप यादव र सचिव प्रमीला देवी शाक्य बज्राचार्य आर्थिक मोहका कारण खानेपानी क्षेत्रका ठेक्काहरु करोडौको मूल्यमा विक्रिवितरण गरिएको छ ।

तत्कालीन खानेपानी मन्त्री यादव र सचिव शाक्य बज्राचार्यले खरिद विक्रि गरेका ठेक्काको अनियमितताको संरक्षण शुशिला कार्कीं नेतृत्वको सरकारका सूचना तथा संञ्चार प्रविधि मन्त्री जगदिश खरेलले गरिरहेको समाचार स्रोतको दावी छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख सुरतलाल चौधरी कामु कार्यालय प्रमुख हुन । उनले त्यहाँ आफ्नै छोराको निमार्ण कम्पनीलाई १० करोड भन्दाबढीको ठेक्का दिएका छन । उनले खानेपानी तत्कालीन मन्त्रीलाई विराटनगरको भेज मात्र खान पाईने होटलमा केटीसहित बस्ने व्यवस्थापन गरेको र करिव करोड भन्दा बढी पैसा दिएका कारण हतार हतारमा विराटनगरकै कार्यालय प्रमुख बनाएको समाचार स्रोतले दावी गरेको छ ।

समाचार स्रोतका अनुसार, विराटनगर बाजेको सेकुवामा ५० हजार भन्दा बढीको रक्सी र अन्य खानेकुरा खाएपछि खाने कार्यक्रम नै नसकि खानेपानी मन्त्री प्रदिप यादव, खानेपानी कार्यालयका प्रमुख चौधरी र ती युवती बाजेको सेकुवाबाट पेट दुखेको बहाना बनाएर होटलमा पुगेको समाचार रहेको छ ।

खानेपानी मन्त्रीले खानेपानी कार्यालय, खानेपानी संस्थानका राजधानी बाहिरका शाखाहरुमा जादाँ आउँदा एक जना सुन्दरी पनि साथै लाने गरेको र त्यसवापदको पैसा सम्बन्धी कार्यालयबाट असुल गरिने गरेको पनि समाचार स्रोतले दावी गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका विकेश, खानेपानी लिमिटेडका विक्रम आचार्य, श्याम र केयुकेएल महाँकालचौरका प्रमुख प्रकाश थापाले ठमेल र दरबारमार्गमा डान्स, दोहोरी र डिस्कोमा गरेका रासलिलाका मिडियोहरु समेत नेपाली जनतालाई प्राप्त भएका छन । व्यक्तिको गोपनियता भएका कारण सार्वजनिक गर्न सकिएको छैन ।

भाद्र २० गते खानेपानी मन्त्री यादवले नगरकोटको एक होटलमा गरेको रासलिला र लोकलभालेको तातो झोल खाएको ६० हजार रुपयाँ एक जना सहसचिवलाई खत्तीबाट तिर्न लगाएको समाचार पनि प्राप्त भएको छ ।

यादव र शाक्य बज्राचार्यले खरेललाई अनावश्यक डकुमेन्ट्री दिएका कारण कार्की सरकार उनीहरुसँग नरम देखिएको छ । कार्की सरकारका मन्त्रीहरुका घोषित अघोषित पिए र प्रेस सल्लाहकारहरुले निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्तको पद लिलामी गदै हिडेको पनि समाचार स्रोतले दावी गरेको छ ।

त्यसैगरि यहि मंसिर १० गतेदेखि रिक्त हुने नेपाल सरकारको मुख्य सचिवमा सचिव कृष्णहरि पुस्कर र प्रमीला देवी शाक्य बज्राचार्यले लविङ शुरु गरेका छन । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालको मंसिर १० गते उमेर हदका कारण अनिवार्य अबकाश हुदै छ ।

अर्यालले प्रधानमन्त्री शुशिला कार्कीमार्फत निर्वाचन आयोगको प्रमुख आयुक्त पड्काउने भित्रि योजना बनाउदै गरेको पनि समाचार स्रोतले दावी गरेको छ । त्यसका लागि एमाले र रास्वपाको समर्थन अर्याललाई रहेको र नेपाली कांग्रेस पनि सकारात्मक देखिएको समाचार स्रोतले दावी गरेको छ ।

अहिले निर्वाचन आयोगको रिक्त पद र मुख्य सचिव बनाउने खेलमा कार्की सरकारका विचौलियाहरुले मन्त्री र प्रधानमन्त्रीलाई भेटेर दवाव दिन थालेका छन । कृणहरी पुस्करले भारतीदुतावासबाट सहमति जुटाइसकेका छन भने प्रमीलालाई मन्त्री खरेलले कार्कीलाई मनाउने जिम्मेवारी लिएको पनि समाचार स्रोतले दावी गरेको छ ।

khanepani