काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले धरपकड गदै अमानविय ढंगले...

पुरा पढ्नुहाेस्

वृद्ध भत्ताको रकम हिनामिनामा गाविस अध्यक्षसहित १७ जनालाई १० वर्षपछि भ्रष्टाचार मुद्दा दायर

2.41K
shares
khanepani bord

काठमाडौं । वृद्ध भत्ताको रकम हिनामिनामा बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा तत्कालीन सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तव, भत्ता बुझिलिने १४ जना छन् ।

अख्तियारका अनुसार गाविसले २०५७/५८ देखि २०७२/७३ सम्म उमेर नपुगेका, नागरिकता नभएका, भारतमा विवाह गरी गएकालाई परिचय पत्र बनाएर ६ लाख ५६ हजार ७ सय रूपैयाँ हानिनोक्सानी गरेको पुष्टि भएको छ ।

भत्ता बुझेका ५ जनाको मृत्यु भएकाले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीबाट असुल उपरका लागि मागदाबी गरिएको छ ।

khanepani