झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,एकजना घाइते

काठमाडौ । काठमाडौ झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुधबार बेलुका ८ बजे झापाको कन्काई नगरपालिका-३ सुरूंगास्थित विर्तामोडबाट झिलझिले जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-७ का ३८ वर्षीय तेजमणि खरेल गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्ण चन्दले जानकारी दिए।

त्यस्तै मोटरसाइकलको पछाडि बस्ने मेचीनगर नगरपालिका-१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका छन्।

उनको अनुहारमा चोट लागेको र बिएन्डसीमै उपचार भइरहेको डिएसपी चन्दले जानकारी दिए।

दुर्घटनाबारे अनुसन्धान भइरहेकाले ठक्कर दिने सवारी साधनको नम्बर नखुलाइएको उनले बताए।

ठक्कर दिने बस र त्यसका चालक इलाका प्रहरी कार्यालय सुरूङ्गाको नियन्त्रणमा रहेको पनि डिएसपी चन्दले जानकारी दिए।

१३,बैशाख.२०८१,बिहीबार ०९:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्