केयूकेएलमा कुरौटेहरुको विचल्ली, रातो घरमा ५ बोरा फाइल

काठमाडौं । सिइओमा अशोककुमार पौडेल हाजीर भएकै भोलि पल्ट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का शाखा प्रमुख, केन्द्रिय कार्यालयका ज्ञानेन्द्रबहादुर कार्की, रमेश केसी, उमेश मरठ्ठा लगाएत इन्जिनियरहरु फर्जि कागज बनाउँछन भनेर पोल लगाउने अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राईलाई आफ्नै शब्द यतिबेला गलापासो हुन पुगेको छ ।

उनको कुरौटे पोल सुनेपछि सिइओले प्रकाशजी तपाईले कुन कुन फर्जि कागज हुन राम्रो केलाएर मात्र पेश गनुृ होला भने पछि राई नाजवाफ भएका थिए । सिइओ छनोट समितिमा प्रतिस्पर्धामा रहेका दशौ तहका अधिकारीको कुरौटे व्यवहार देखेपछि अर्ध ज्ञानी पौडेलले छाँगाबाट खसे जस्तो आभास भएको अति निकस्थहरुसँग गनासो गरेका छन ।

गोरखातिरका लामिछानेसँग ठेक्काको पार्टनरी गरेपछि ठेक्काको रस स्वाँदन गरेका राई मुआब्जा लिनकै लागि गोरखामा तीन आना जग्गा समेत किनेको आरोप उतिवेलै लाल्ने गरेको थियो । नौ तहमा नाम निकालेर केयूकेएल फिरेपछि तत्कालीन महाप्रबन्धक महेशकुमार भट्टराईसँग दुरी बढाएका राईलाई भट्टराईले खरिदमा पठाएर ठेक्काको चास्नी चखाएपछि उनी भट्टराईका खाँस मान्छे भएको इतिहास पनि केयूकेएलमा घाम जस्तै र्छलंङ छ । रातभर बसेर सगै उसैको पैसाले जाँड धोक्ने विहान भएपछि उसैलाई गालि गर्ने उनको स्वभावले केयूकेएलका प्राविधिकहरु धिक्क भइसकेका छन ।

अरुलाई पचास थरी नामाकरण गर्ने राई, विरोधीलाई सिध्याउने मामिलामा आफुलाई सिद्धहस्तै सम्झन छन । उनी जाँड भने पछि पद, प्रतिष्ठा, इन्जत, मान मर्यादा सबै भुलेर सोमरसमा रामलीला मच्चाउछन ।

उनले आफ्नै सहकर्मीहरुसँग पनि अधर्मी व्यवहार गरेका कारण उनी र उनका सहकर्मीहरु वीच व्यापक मदभेद देखिएको छ । ठेकेदारलाई कामदार बेचेर चाडै करोडपति बन्ने सपना बोकेका राई ठेकेदारलाई कामदार पुर्याउन मर्यादाले दिने भए आफै नियुक्ति लिन पनि पछि पर्ने थिएनन भनेर उनका सहकर्मीहरु नै भन्दै हिडेका छन ।

कुनै समय नाम सुन्न समेत नचाहने राई र योगेन्द्र बहादुर वम वीच अहिले कमिशनको विषयमा नङ र मासुकै सम्बन्ध स्थापीत भएको देखेर पिपलबोटको कुकुर समेत लाजले सर्माएको छ ।

सधै सिइओको प्रिय पात्र भएर हालिमुहाली गरिरहने वमलाई सिइओले विना काम भित्र चिहाँउन समेत नदिएपछि राईको कोटको फेर समाउन पुगेका छन । कार्की विरुद्ध असोजमा हुन लागेको सेवाकरारहरुको धर्नालाई निस्तेज पारेका कारण नवलसिंह साउद धर्ना निस्तेज पार्नेहरु विरुद्ध लागेका छन । त्यस समयमा सहयोगको हारगुहार मागेका राईलाई अहिले के कारणले तीनै विरुद्ध बिष वमन गर्नु पर्ने बाध्यता आइलाग्यो ? यसको जवाफ राईले समय आएपछि अवस्य पनि दिने नै छन । कोखमा दारा भएका राई र छट्टु स्याल जस्ता बमको कुनै इमान जमान छैन । उनीहरु पैसाका लागि अतिनिकटलाई पनि भिरबाट खसाल्न कुनै संकोच मान्दैनन भन्ने उनीहरुको कार्यशैलीबाट देखिएको छ ।

त्यसैले समयमा यीनीहरुलाई पाखा नलगाए पौडेलको सिरको सिइओको ताज नफुत्केला भन्न सकिन्न ।
केयूकेएलबाट रातो घरले करिव ५ बोरा भन्दा बढी फाइन लगेर केलाउन थालेको छ । किरण बैद्यसँग नक्कली सामान खरिद गर्ने वमहरुको निद्रा तेसै गायव भएको हैन । त्यसैको रन्काले राई र बम बेला बेला शाखा कार्यालयम गएर आफै कार्यालय प्रमुखको जिम्मेवारी समालौला जस्तो गर्ने गरेका छन । वली त ठेक्का पट्टामा पैसा खाने मामिलामा सौखिन नै हुन । बढुवामा राई र वमले दिएको धोकाको बदला वलीले भित्रै पसेर लिने प्रयास गरिरहेका छन ।

११,बैशाख.२०८१,मंगलवार २०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्