घट्यो अमेरिकी डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसा घटेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६३ रूपैयाँ ९३ पैसा र बिक्रीमा १६४ रूपैयाँ ६७ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिददर १६४ रूपैयाँ ८८ पैसा र बिक्रीमा १६५ रूपैयाँ ६२ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४३ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५७ पैसा र बिक्रीमा १४२ रूपैयाँ २१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रूपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ०३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ८५ पैसा र बिक्रीमा २७ रूपैयाँ ९८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८१ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको छ।

११,बैशाख.२०८१,मंगलवार ११:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्