यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ८३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ४७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ १० पैसा र बिक्रीदर १६७ रूपैयाँ ८५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ९६ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ २९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीमा २८ रूपैयाँ ०३ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८२ पैसा तोकिएको छ।

१९,बैशाख.२०८१,बुधबार १०:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्