सोमबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घट्यो, फाइनान्समा उच्च गिरावट

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो ।

हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो । ४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।

बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे ।

पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । एनआईसी एसिया लघुवित्तको ७.२, हिमालयन लघुवित्तको ४.७, मोलुङ हाइड्रोपावरको ४.२, सिर्जनशील लघुवित्तको ४.२ तथा गोर्खाज फाइनान्सको ४.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

१०,बैशाख.२०८१,सोमबार १५:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्