एसीसी प्रिमियर कप : एक खेल अगावै नेपाल समूह विजेता

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल एक खेल अगावै समूह विजेता बन्ने निश्चित भएको छ । मंगलबार भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह एको विजेता बन्ने निश्चित भएको हो ।

३ खेल खेलेको नेपालको ३ जितसहित ६ अंक छ । ४ खेल खेलको कतारको ४ अंक, ३ खेल खेलेको साउदी अरेबियाको २ अंक, ३ खेल खेलेको मलेसियाको र हङकङको २-२ अंक छ ।

अन्तिम खेलमा नेपाल पराजित भएपनि नेपालको ६ अंक कायम रहनेछ । अर्काेतर्फ कुनै पनि टीमले जित निकालेपनि ६ अंक पुग्ने छैन । तसर्थ नेपाल एक खेल अगावै समूह विजेता बन्ने निश्चित भएको हो ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

४,बैशाख.२०८१,मंगलवार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्