शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिराम?

एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ६७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ३२ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०६ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४६ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीमा २८ रूपैयाँ २३ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९३ पैसा तोकिएको छ।

२३,चैत्र.२०८०,शुक्रबार ११:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्