बढ्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एजेन्सी । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ८ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ६० पैसा र बिक्रीमा १४४ रूपैयाँ २४ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ८७ रूपैयाँ १७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २७ र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको छ।

२२,चैत्र.२०८०,बिहीबार ११:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्