यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

एजेन्सी । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ १२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७२ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ६८ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ २७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ १२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ र बिक्रीमा २८ रूपैयाँ १२ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६७ पैसा तोकिएको छ।

२१,चैत्र.२०८०,बुधबार ११:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्