विनोद भण्डारीको विकेटपछि आएका देव खनाल शून्य रनमै आउट

काठमाडौ । काठमाडौ आयरल्याण्ड वुल्भ्सविरूद्ध जबाफी ब्याटिङ गरिरहेको नपाल ‘ए’ले दुई विकेट गुमाएको छ।

२२३ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर तथा कप्तान विनोद भण्डारी र उनको विकेटपछि आएका देव खनाल आउट भएका हुन्।

सातौं ओभरको दोस्रो बलमा कप्तान भण्डारी आउट भएका थिए। उनलाई म्याथ्यु हम्फ्रेजले बोल्ड गरेका थिए। आउट हुनुअघि भण्डारीले १४ बला २ चौका र १ छक्का प्रहार गरी १६ रन बनाएका थिए।

त्यसपछि आएका देव खनाल सातौं ओभरको दोस्रो बल र आफ्नो पहिल बलमा आउट भए।

उनलाई आयरल्याण्ड वुल्भ्सका थोमस मेइजले फियोन ह्यान्डबाट क्याच आउट गराए।

१६,चैत्र.२०८०,शुक्रबार १५:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्