करण केसीले दोस्रो बलमै गरे आयरल्यान्ड्स वुल्भ्सका ओपनरलाई आउट

काठमाडौ । काठमाडौ नेपालले आयरल्यान्डको ए टिम आयरल्यान्ड्स वुल्भ्ससँग पहिलो टी-२० खेलमा प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले दोस्रो बलमै विकेट गुमाएको छ।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमा बोल्ड गरे। त्यसअघि उनले पहिलो बलमा चौका हिर्काएका थिए।

नेपालले आइसिसी टी-२० विश्वकपका लागि आयरल्यान्डसँग खेलेको हो।

भोलि आयरल्यान्डसँग खेलेपछि नेपाली टिम भारत जानेछ। नेपालमा नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

१२,चैत्र.२०८०,सोमबार १३:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्