साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेर झर्‍यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

९,चैत्र.२०८०,शुक्रबार ११:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्