राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सोध्यो एन्फालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

राखेपले बिहीबार एन्फालाई पत्र लेख्दै विश्वकप छनोट खेल्न जाने टिमले राखेपबाट स्वीकृत लिन नपर्नुको कारण केहो ? छनौट प्रतियोगितामा संलग्न समुह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरु को को हुन र किन सहभागीता गराइएको हो ? भनेर स्ष्टीकरण सोधेको छ ।

राखेपले पत्र प्राप्त भएको २४ घण्टाभित्र सो सम्बन्धी यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न अनुरोध छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न राखेपलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो ।

बहराईनमा आयोजना हुने फिफा विश्वकप २०२६ फुटबल छनौट प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन नेपाली टोली मलेशिया प्रस्थान गरेको थियो । राष्ट्रिय टीमसँग मलेसिया गएको नेपाली टोलीमा एन्फाका उपाध्यक्षसहित १० जना सदस्य अफिसियल बनेर गएका मलेसिया उडेका थिए ।

उक्त टोलीमा खेलमा संलग्न समुह बाहेक १० जना अनावश्यक व्यक्तिहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधी संचालनको लागि एन्फाले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको विषयमा एन्फाप्रति ध्यानाकार्षण भएको जनाएको छ ।

पत्रमा भनिएकोछ,‘उक्त प्रतियोगितामा सहभागी हुनका लागि राष्ट्रिय खेलकुद विकास ऐन २०७७को दफा २८ झ अनुसार राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृती लिनु नपर्नाका कारण के हो रु कानुन बमोजिम गठन र संचालन भएको खेलकुद सम्बन्धी संस्थाले प्रचलित कानुनको पालना नगरी उक्त छनौट प्रतियोगितामा संलग्न समुह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरु को को हुन र किन सहभागीता गराईएको हो रु पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सो सम्बन्धी यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न निर्णयानुसार अनुरोध छ ।’

विश्वकप फुटबलको तयारी स्वरुप नेपाली फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको छ ।

२,चैत्र.२०८०,शुक्रबार ०८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्