आगामी शैक्षिक सत्रदेखि कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन

रूपन्देही । गुल्मीको मुसीकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्र सरकारी सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि यस्तो निर्देशन गरेको जनाइएको छ ।

नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक/सरकारी विद्यालयमा अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको मेयर जीवलाल खरेलले बताए ।

नगरपालिकाभित्र १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ वटा प्राथमिक विद्यालय छन् ।

३०,फाल्गुन.२०८०,बुधबार १३:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्