बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

२३,पुष.२०८०,सोमबार १२:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्