विपक्षको नाराबाजी र अवरोधपछि आज पनि बागमती प्रदेशसभाको बैठक भयो स्थगित

हेटौँडा । बागमती प्रदेशसभा बैठक आजपनि अवरुद्ध भएको छ । गत असार १२ बाट सुरु भएको बैठक आजसम्म प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा तथा नेपाल मजदुर किसान पार्टीको निरन्तर अबरोध पछि स्थगित भएको हो ।

आज बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले धारणा ब्यक्त पछि विपक्षको नाराबाजीसँगै बैठक स्थगित भएको हो ।

प्रदेशसभामा आफ्नो धारणा ब्यक्त गर्दै गोसाईले बजेट पक्षपाती भएको भएको । गठवन्धनलाई सत्तामात भएको भन्दै आफुहरुको पार्टीले यो जनविरोधी बजेटको बिरोध गरेको बताए ।

बजेट भनेकै भागवण्डा रहेको भन्ने कुरा आम जनताले बुझेको, बजेटलाई जुवाको खेल बनाउने काम भएको भन्दै उनले अब बजेटलाई पाँच तारे होटलमा गएर भाग मिलाएर बाढनुस भन्दै सरकारको ब्याङ्ग्य गरे ।

अझसम्म पनि सरकारको चेत नखुलेको भन्दै सत्तारुढ दलले जनतामाथि घात गरेको बताए । बजेट मार्फत भ्रष्ट्राचारलाई बैधानिक बनाउन खोजिएको भन्दै उनले हिजो थियो भन्दै सत्तारुढ गठवन्धनले बजेट मार्फत बैधानिक भ्रष्ट्राचा गरेको आरोप लगाए ।

प्रदेश सरकारले कनिका छरेझैँ अनुत्पादक क्षेत्रमा बजेट छाडेको भन्दै उनले आफुहरुले अन्याय र अब्यवस्थाको बिरोध गरेको बताए । जबसम्म अन्याय अब्यवस्था रहन्छ तबसम्म आफुहरुको बिरोध जारी रहने उनले बताए ।

बैठकमा गोसाईले बोलेपछि विपक्ष दलका प्रदेशसभाहरुले नाराबाजी गरेपछि सभामुख भुवनकुमार पाठकले बैठक बेलुकी साँढे ५ बजेसम्मको लागि स्थगित गरेका छन् ।

१७,असार.२०८०,आईतवार १६:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्