नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित

चितवन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चितवनको सौराहामा बिहीबार सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् । चौधरी धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक हुन् भने पूजा कापी उद्योगका अध्यक्ष हुन् ।

अध्यक्ष पदका लागि चौधरीसहित तीनजनाको उम्मेदवारी थियो । अध्यक्ष पदका उम्मेदवार चौधरीले २६९ मत प्राप्त गरे । त्यसैगरी नवराज ढकाल (काठमाडौं)ले १७१ मत र मातृका शिवाकोटी (मोरङ)ले ३५ मत प्राप्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे (रुपन्देही), उपाध्यक्षमा किरणकुमार खनाल (चितवन), पुष्पराज पौडेल (काठमाडौं) र सञ्जीव सत्याल (सुनसरी) निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा शिवसागर शर्मा (काठमाडौं) निर्विरोध भएका छन् भने उपमहासचिवमा यमलाल लोहनी (रुपन्देही) निर्वाचित भए । त्यसैगरी सचिवमा विष्णुप्रसाद पौडेल (काठमाडौं), बुद्धिप्रसाद अधिकारी (बाँके) र शकुन्तलादेवी शर्मा (कास्की) निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा गोविन्द महर्जन (काठमाडौं), सहकोषाध्यक्षमा किरणबाबु न्यौपाने (मकवानपुर), लेखा समिति संयोजकमा वाशुप्रसाद भेटुवाल (सिन्धुली), लेखासमिति सदस्यमा बुद्धिसागर कँडेल (चितवन) र वाशु न्यौपाने (मकवानपुर) निर्वाचित भएका छन् ।

त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाई (प्रदेश १), धिरज श्रेष्ठ (प्रदेश २), नारायणकुमार श्रेष्ठ (वागमती), लिलाराम गौतम (गण्डकी), भैरव रावल (लुम्बिनी), कमल नेपाल (कर्णाली) र मेखराज दाहाल (सुदूरपश्चिम) चयन भएका छन् ।

भूगोल सदस्यअन्तर्गत उमेश अधिकारी (प्रदेश १), उमेशकुमार अग्रवाल (प्रदेश २), रमेश ढुंगेल (वाग्मती), द्रोणप्रसाद भुसाल (लुम्बिनी), जगतप्रसाद शर्मा (कर्णाली) र वासुदेव गौतम (सुदूरपश्चिम) चयन भएका छन् ।

खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी (चितवन), गणपति पाण्डे (रुपन्देही), विजयकृष्ण महर्जन (ललितपुर), ताराराम श्रेष्ठ (तनहुँ), रविन बराल (झापा), रवीन्द्र बराल (सुनसरी) र शम्भु लामिछाने (कैलाली) निर्वाचित भएका छन् ।

त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरीतर्फ सरोज मास्के (चितवन), कृष्णराम कार्की (काभ्रे), होमनाथ पाण्डे (रुपन्देही), गोविन्द गौतम र मोहनप्रसाद सापकोटा (कास्की) चयन भएका छन् ।

एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य (काठमाडौं) र पुस्तकतर्फ महेश शर्मा चयन भएका छन् ।

चितवनको सौराहामा बुधबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महाधिवेशनलाई युवा नेताहरू बद्री पाण्डे, ठाकुर गैरे, जगन्नाथ खतिवडा र हिमाल शर्माले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

३०,पुष.२०७८,शुक्रबार १०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्