तरूण दलको भवन निर्माण सहयोगमा महिला सदस्यको उदारताः ६ जनाले दिए १-१ लाख

काठमाडौं । नेपाल तरुण दलको रवि भवनस्थित दलको आफ्नै भवन निर्माण गर्न महिला केन्द्रीय सदस्यहरुले सक्रियता देखाएका छन् ।

बिहीबार एक कार्यक्रमकोबीच नेपाल तरुण दल केन्द्रीय सदस्य विन्दिया कार्की ,मुना भुषाल ,पुनम भट्ट भट्टराई ,स्मिता मोक्तान तामाङ,आस्था विन्दु मल्ल र दुर्गा लामिछानेले एक लाख रकम भवन निर्माणको लागि रकम हस्तान्तरण गरेका हुन् ।

यस अघि पनि महिला केन्द्रीय सदस्यहरु रीता परियार ,अम्बिका बास्कोटा र रितु ग्याम्दान तामाङले भवन निर्माणको लागि रकम हस्तान्तरण गरिसकेका थिए ।
नेपाल तरुण दलको चैत १५ र १६ गतेको केन्द्रीय समितिको बैठकले दलको आफ्नै जग्गा रहेको रवि भवनमा भवन निर्माण गर्न सर्वसम्मतिले पारित गरेको थियो ।त्यही निर्णय अनुरुप लगातार सहयोग रकमहरु आइरहेको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिए ।

हालसम्म ५२ लाख २३हजार१०२ रकम संकलन भएको जानकारी मुख्य सचिव पोखरेलले जानकारी दिए । जेठ अन्तिम साताबाट भवन निर्माण कार्य अघि बढाउने कुरा कार्यालयको मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

१४,बैशाख.२०८१,शुक्रबार ०८:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्