काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेन–जी पुस्ताको आन्दोलन देशी...

पुरा पढ्नुहाेस्

सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक

1.51K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट ब्याक नभएपछि सूचना टाँस गरेर भोलि १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । त्यसपछि दिउँसो २ बजेलाई सारिएको थियो ।

विपक्षीहरुले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरणसम्बन्धी छानबिन गर्ने, छानबिनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आयोगबारे प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

तर त्यो प्रस्तावमा सत्तापक्ष तयार भएपछि बैठक भोलिलाई सारिएको हो ।

khanepani