छानबिनको टीओआरसहित आए गृहमन्त्रीलाई बोल्न दिन्छौं भन्दा सत्तापक्ष तयार भएन : सांसद दाहाल

वि.सं.२०८२ जेठ २० मंगलवार १४:५४
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले सदन खोल्न विपक्षीहरू लचिलो बनेपनि सरकारले अनिच्छा देखाएको आरोप लगाएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मानव तस्करीसँग जोडिएको यो घटनामा उच्चस्तरीय छानबिन समिति वा संसदीय समिति गठन गरेर पत्ता लगाउनुपर्छ । त्यो आवश्यक नै छ । सबै दलको तर्फबाट बोल्ने त्यसपछि गृहमन्त्रीले पनि बोल्ने र त्यस अघि सरकारको तर्फबाट न्यायिक होस् वा संसदीय छानबिन समितिको टीओआरसहित आएपछि सदनको अवरोध हटाउने हामीबीच सहमति थियो । तर, सत्तापक्ष तयार भएको छैन ।’
उनले सदन खोल्न सत्तापक्ष नै तयार नभएको आरोप लगाए । अध्यागमनबाट लामो समयदेखि मानव तस्करी भइरहेकाले विगतको सम्म छानबिन गर्नको लागि आफूहरूले छानबिनको कुरा उठाएको दाहालको भनाइ छ ।