यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान क-कसले पाए ?

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न पुरस्कार घोषणा गरेको छ । यस वर्ष राष्ट्रिय पत्रकारिता पुरस्कार ६ जना र वरिष्ठ पत्रकार सम्मान २ जनाले पाएका छन् ।

वरिष्ठ पत्रकार सम्मानबाट प्रतिक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) सम्मानित भएका छन् । त्यस्तै राष्टिय पत्रकारिता पत्रकारिता पुरस्कार सुर्खेतका सूर्यमणि गौतम, बुटवलका दिपक ज्ञवाली, सुनसरीका राजन केडी (प्रेमबहादुर ढोली),डडेलधुराका भवानी ऐर, बर्दियाकी मेनका चौधरी बर्दिया र अछामकी तृप्ती शाहीले पाएका छन् ।

सन्चार मन्त्रालयका सचिवको नेतृत्वमा गठित छनौट समितिले सिफारिस गरेबमोजिम उनीहरुको नाम टुंगो लागेको सन्चार मन्त्रालयका विज्ञ नरेन्द्र केसीले जानकारी दिए । आजै राष्ट्रपति भवन शीतल निवासमा उनीहरुलाई पुरस्कार प्रदान गरिँदैछ ।

२४,बैशाख.२०८१,सोमबार १०:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्