क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना थाल्नुअघि इलाममा सर्वदलीय बैठक सुरू

विराटनगर । इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ ।

विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो ।

बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् ।

निर्वाचन आयोगले शनिवार मध्यरातीबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।

१६,बैशाख.२०८१,आईतवार ०८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्