सिन्धुपाल्चोक दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, जन्ती लिएर साढे ३ बजे हिँडेको थियो बस

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिपका-१ सुस्पाका मान बहादुर थामी ,शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चौताराको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

दुर्घटनामा ५२ जना घाइते भएका छन् । भिमेश्वर- १ बाट स्थानीय शुसिल थामीको विवाहको लागि दोलखाबाट बिहान साढे ३ बजे जन्ती बोकेर बस हिँडेको घाइते एन्जिला थामीले बताइन्। सडक नै भासिएर दुर्घटना भएको उनले बताइन्। उनका अनुसार बस चालकले मादक पदार्थ सेवन गरेका थिएनन् । बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

७,बैशाख.२०८१,शुक्रबार १०:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्