सुदूरपश्चिम सरकार छाड्न संसदीय दलका नेतालाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् ।

चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले पत्रमा लेखेकी छन्, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दैछु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’

१६,चैत्र.२०८०,शुक्रबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्