पेटमा लुकाएर ब्राजिलदेखि नेपालसम्म कोकिन तस्करी, २ विदेशी नागरिक पक्राउ

काठमाडौं । अवैध लागु औषध कोकिनसहित दुई विदेशी नागरिक (एक महिला र एक पुरुष) पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोस छन् ।

उनीहरुलाई ठमेलको एक होटलबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १३ चैतमा पक्राउ गरेको हो । उनीहरुले सुटकेशभित्र प्याकेटमा ¥याप गरेर कोकिनका क्याप्सुलहरु राखेको पाइएको ब्यूरोले जनाएको छ ।

उक्त कोकिनको तौल १ किलो ३९० ग्राम छ । पक्राउ परेका दुबै जनाले ब्राजिलको सापाउलोबाट कोकिनका क्याप्सुलहरु निलेर ल्याएको खुलेको ब्यूरोका एसपी रामेश्वर कार्कीले बताए ।

उनीहरुको पेटमा थप क्याप्सुलहरु रहेको देखिएको भन्दै प्रहरी अस्पताल समेत पठाइएको थियो । अस्पताल लगेर ६५ ग्राम कोकिन निकालिएको थियो ।

१६,चैत्र.२०८०,शुक्रबार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्