रास्वपाका नेताहरू ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन्।

राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा अध्ययनका लागि रास्वपाका पदाधिकारी तथा कर्मचारीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको हुन्।च्यासलमा रास्वपाका महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता थिए।

एमालेका महासचिव शंकर पोखरले, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई तथा कार्यालय सचिव डा. भीष्म अधिकारी लगायतले पार्टी र पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी गराएका थिए।

राजनीतिक दल आफू व्यवस्थित हुन सके मात्र देशलाई व्यवस्थित बनाउन सक्ने भएकाले अध्ययन भ्रमण गरेको रास्वपाले जनाएको छ।

१५,चैत्र.२०८०,बिहीबार १७:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्