दश ओभरमा आयरल्यान्ड वुल्भ्सले नेपालविरुद्ध जोड्यो ४ विकेटको क्षतिमा ६२ रन

काठमाडौ । काठमाडौ नेपाली राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्डको ए टिम आयरल्यान्ड्स वुल्भ्ससँग पहिलो टी-२० खेलमा प्रतिस्पर्धा गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले १० ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको छ।

नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरे। त्यसअघि उनले पहिलो बलमा चौका हिर्काएका थिए।

यस्तै ललित राजवंशीले कोड कारमाइकलाई चौथो ओभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। यस्तै सातौ‌ं ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे।

यस्तै कप्तान निल रकलाई गुल्सनले नवौं ओभरको पहिलो बलमा ५ रनमा कुशल मल्लबाट क्याच गराए।

स्टेफिन डोहिनी भने ३८ रन बनाएर खेलिरहेका छन्।

आयरल्यान्ड्सको टिममा ९ जना सिनियर टिमबाट खेलिसकेका खेलाडी छन्।

नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो।

भोलि आयरल्यान्डसँग खेलेपछि नेपाली टिम भारत जानेछ।

कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी-२० र तीन एकदिवसीय खेल हुनेछ।

१२,चैत्र.२०८०,सोमबार १४:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्