नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

काठमाडौं । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी-२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी-२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।

त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र १८ गते टी-२० खेल र चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ ।

१२,चैत्र.२०८०,सोमबार ०९:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्