आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न छुट्टाछुट्टै नेपाल ‘ए’ टोलीको घोषणा

टी–२० शृंखलाका लागि विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विका अग्री रहेका छन् । यसै गरि एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।

यसअघि क्यानले आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि अघिल्लो दुई खेल खेल्न नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको थियो । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

यो टोलीले आयरल्यान्डविरुद्धको सुरुवाती दुई खेल खेल्नेछ । त्यसपछि यही राष्ट्रिय टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृंखला पनि खेल्नेछ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द रहेका छन् ।

नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ । आयरल्यान्डसँगको अघिल्लो दुई खेल नेपाली राष्ट्रिय टोलीले खेल्नेछ । त्यसपछिको खेल भने नेपाल ‘ए’ टोलीले खेल्नेछ । त्यसपछि नेपाली राष्ट्रिय टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्ने कार्यक्रम रहेको छ ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृंखला खेल्न लागेको हो । टी–२० विश्वकपका लागि हालसम्म राष्ट्रिय टोलीको घोषणा गरिएको छैन ।

११,चैत्र.२०८०,आईतवार १३:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्